काठमाडौँ २१ फागुन । सत्ता समीकरण फेरबदल भएपछि कांग्रेसका केन्द्रदेखि प्रदेशसम्म ३८ मन्त्रीको पद धरापमा परेको छ । सत्तासीन माओवादी केन्द्रले एमालेसहितका दलसँग सत्ता सहकार्य अगाडि बढाएपछि कांग्रेसका चार मुख्यमन्त्रीसहित ३८ मन्त्रीको पद धरापमा परेको हो ।माओवादी केन्द्रले एमालेसहितको गठबन्धन रोजेपछि जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि कांग्रेसको साथ छाड्ने सङ्केत…