अर्थ-वाणिज्य

नुहाउन खोलामा गएकी किशोरीको हत्या गर्ने ब्यक्ति सार्वजनिक



पाल्पा १६ चैत्र । किशोरीको बीभत्स हत्या आरोपमा देवलाल सार्कीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ वर्षीया किशोरी पदमा सुनारको हत्या आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा पछाडिबाट हँसियाले प्रहार गरेको देवलालले प्रहरीसमक्ष स्वीकार गरेको डीएसपी सुगन्ध श्रेष्ठले बताए । उनका अनुसार सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हंँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी अर्गली, हार्थोक, सर्देवाबाट पुगेको टोलीले घटनाको थप अनुसन्धान गरेको एसपी नरेन्द्र चन्दले जानकारी गराए ।घटनास्थलमा रहेको सबुद प्रमाण र शव जाँच मुचुल्काका आधारमा चैत १४ गते गौतम बुद्ध विमानस्थल सुरक्षा गार्ड केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई घटनास्थलको जाँच गरिएको थियो । त्यसपछि मृतक पदमाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्दा सागर भन्ने देवलालले हत्या स्वीकार गरेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६