घोराही १७ पुस । घोराही कारागारका जेलर युवराज परियार रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर परियार हिजो शुक्रबार नै अदालतको आदेशले रिहा भएको जानकारी दिए ।पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै छन् । त्यस्तै, घोराही कारगारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले भने जिम्मा जमानीमा छुटेको बताए…