कपिलवस्तु , २६ चैत ।कपिलवस्तुका सामुदायिक रेडियोहरुले कोरोना संक्रमण रोकथाम तथा सचेतना अभियान संचालन गर्ने भएका छन् । लकडाउनको अवस्थामा पत्रपत्रिका, टेलिभिजन, अनलाईन भन्दा रेडियोको पहुच अत्याधिक हुने भएकाले यसलाई सदुपयोग गर्दै कोरोना रोकथाम, संक्रमणबाट बच्ने उपाय र आवश्यक सामाजिक सर्तकता बारे अभियान चलाइने सामुदायिक रेडियो प्रसारक संघका प्रदेश ५ उपाध्यक्ष राजु खरालले जानकारी दिनुभयो ।…