कपिलवस्तु १४ बैशाख । कपिलवस्तुमा मंगलवार २ जना कोरोना संक्रमितको दुखद निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश चन्द्र घिमिरेका अनुसार बाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिकाका कोरोना संक्रमितको निधन भएको छ । बुद्धभुमी नगरपालिका वडा नं. २ गोरुसिंगेका ५० वर्षिय होटेल व्यवसायी कर्ण बहादुर गुरुङको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ…