बैतडी २० जेष्ठ । भारतबाट आएकी बैतडीकी २८ वर्षीया महिलाको क्वारेन्टिनमा मृत्यु भएको छ।पुर्चौडी नगरपालिका(४ स्थित मालिका माविको क्वारेन्टिनमा रहेकी उनको गएराति मृत्यु भएको मेयर रणबहादुर कुँवरले जानकारी दिए।मृतक महिला पाँच दिनअघि मात्र पञ्जाबबाट आफ्नो बच्चा र श्रीमानसहित बैतडी आएकी थिइन्।उनीहरू भारतबाट आएलगत्तै क्वारेन्टिनमा बसिहरेका थिए। मेयर कुँवरका अनुसार मृतक महिला मुटुको दीर्घरोगी हुन्।भारतमा बस्दै…