बरवा, १६ जेठ । कपिलवस्तु जिल्लामा कूल १५ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार आज थप ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना रहेका छन्…