देशभरका विभिन्न स्थानमा ११४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मात्रै देशका विभिन्न स्थानमा ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन्। मन्त्रालयमा कोभिड-१९ बारे भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले यो जानकारी दिएका हुन्। यो संख्या एकैदिन भेटिएका अहिलेसम्मको धेरै संक्रमितको संख्या हो। योसँगै देशभर संक्रमितको संख्या ८८६ पुगेको छ।…