रुकुम १५ जेष्ठ । कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताउनुभएको छ । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारले न्याय पाउने मन्त्री भण्डारीले बताउनुभयो । उक्त घटनाले प्रदेश सरकारलाई…