कपिलवस्तु, जेठ ५ गते । कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटलमा छड्के अनुगमन गरिएको छ । बसमा सवार यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना–खाजाको गुणस्तर, मूल्यसूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र प्रहरीसहितको संयुक्त…