काठमाण्डौ, ११ चैत्र । नेपाल प्रहरीले फागु अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सिसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको छ । यसका लागि देशभर २९ हजार ३ सय ३३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले यसवर्षको होली शान्ति र सौहार्द्धपूर्ण रहोस्…