खोज–अनुसन्धान

मोटर साइकललाई बसले ठक्कर दिँदा दुईको मृत्यु




दाङ ११ चैत ।दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।सो दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। उनीहरु मोटरसाइकमा सवार थिए।मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित : ११ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६