काठमाडौं २३ फागुन । नेकपा माओवादी केन्द्रको पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् । पुराना मन्त्रीमध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयवाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एउटै कार्यकालमा श्रेष्ठले तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसअनुसार सुरूमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको…