काठमाडौं, २१ फागुन। राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालसमक्ष उनीहरुलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसद कार्यकाल सकिएर बिदा भएका थिए…