बुटवल, १ असोज । चक्कु प्रहारबाट पाल्पामा एक युवकको हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा चक्कु प्रहार गरी पाल्पाको तिनाउ गाउंपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार गएराति साढे १२ बजे ती युवकमाथि…