९ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि २७ मंसिरमा भएकाे मतदानकाे अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ। नवनिर्वाचित कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षका दुईतिहाइ उम्मेदवार विजयी भएका छन्। कुल १३४ पदका लागि भएको मतदानमा देउवा पक्षका १०९ उम्मेदवार विजयी भएका छन्। त्यस्तै, सभापतिमा पराजित डा. शेखर कोइराला प्यानलबाट केन्द्रीय कार्यसमितिमा २२ र प्रकाशमान सिंह प्यानलबाट…