रुपन्देही ३१ साउन । लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद अजय शाहीले आफुले एमालेको सदस्यता नलिएकाले पार्टीको ह्वीप नलाग्ने बताएका छन् । शाहीले आइतबार विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेशले स्पष्टिकरण माग गरेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै आफु नवलपरासी निर्वाचन क्षेत्र १ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य भएको स्पस्ट…