काठमाण्डौ १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मङ्गलवार काठमाण्डौमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको हो । वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका…