कपिलवस्तु, ०७ माघ नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुको एघारौ जिल्ला अधिवेशन पछिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । कपिलवस्तुको पर्यटकीय क्षेत्र राजापानीमा साधारण सभा सम्पन्न गरिएको प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले जानकारी दिनुभयो । प्याब्सन कपिलवस्तुका सचिव नवीन शर्माले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष नन्दराम सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन…