काठमाण्डौँ १९ चैत्र । हात्तीपाइले रोगविरूद्ध सरकारले ११ जिल्लाका स्थानीय बासिन्दालाई औषधि खुवाउने भएको छ।मानिसलाई अशक्त र अपांग बनाउने एक सरूवा रोगमध्ये हात्तीपाइले पनि पर्छ। चैत २० गतेदेखि हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।यस वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र…