काठमाण्डौ १९ फागुन । आज सभामुख, सांसद र केही मन्त्रीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।बिहान १० बजे नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा सभामुख अग्नि सापकोटालगायत सांसद र मन्त्रीले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठक आह्वान भएपछि सभामुखसहित सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन् । आउँदो २३ गते प्रतिनिधिसभाको बैठक बस्दै…