काठमाण्डौ १८ साउन । भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…