अन्तर्राष्ट्रिय

तीन महिनाभित्र कोरोना विरुद्धको खोप दिने रुसको तयारी



काठमाण्डौ १८ साउन ।  रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको जनाएको छ । अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो । उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिनुभएको छ ।यही महिनामा नियामक निकायबाट खोपको लागि स्वीकृति मिल्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।अहिले विश्वका विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भइरहेको छ ।

          झण्डै २० वटा खोपको प्रयोगशालामा परीक्षण सुरु भइसकेको छ । कोरोना सङ्क्रमित धेरै भएका देशमा रुस चौथो स्थानमा छ । रुसमा अहिलेसम्म ८ लाख ४५ हजारमा कोरोना पुष्टि भएको छ भने १४ हजार जनाको ज्यान गएको छ ।अहिले विश्वभर एक करोड ७९ लाखमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये एक करोड १३ लाख निको भएका छन् । ६ लाख ८७ हजारको भने ज्यान गएको छ ।  

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६