सूचना र प्रविधि

स्वास्थ्यकर्मीलाई सङ्क्रमण , अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द



मोरङ १५ साउन ।  कोशी अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोनाको सङ्क्रमण देखिएपछि अस्पतालको बहिरङ्ग सेवा ९ओपीडी० सेवा अनिश्चितकालका लागि बिहीबारदेखि बन्द गरिएको छ ।अस्पतालका ओपीडी इन्चार्ज र कार्यालय सहयोगी गरी चार जनामा बुधबार राति कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्द गराएको जनाएको हो ।स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

           धेरै बिरामीको चाप हुने अस्पतालका स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि समस्या देखिएको छ ।अस्पतालमा औषधि छर्किएर स्यानिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना जारी नहुनुञ्जेलसम्मको लागि ओपीडी सेवा बन्द गरिएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट मेसु डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।यसअघि अस्पतालका एक नर्स र डाक्टरमा कोरोना देखिएको थियो । लकडाउनको बीचमा पनि अस्पतालमा दैनिक ६ सय बढी बिरामी आउने गरेका थिए ।

                अन्य अस्पतालले कोरोनाको बहानामा उपचार बन्द गरेको अवस्थामा पनि कोशीले आफ्नो सेवा सञ्चालन गरेको थियो ।ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन । अस्पतालले गेट बन्द गरेर गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँसेको छ । अत्यावश्यक बिरामीलाई मात्र गेटबाट छिर्न दिइएको छ ।सङ्क्रमितको सम्पर्कमा आएका १४ जनामध्ये दुई जनालाई होम क्वरेण्टीन र १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । 

प्रकाशित : १५ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६