स्वास्थ्य

दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि , दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वरेण्टीनमा



काठमाण्डौ १८ साउन । दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि काठमाण्डौ रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा धेरै ट्राफिक प्रहरी क्वरेण्टीनमा बसेका छन् । शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वरेण्टीनमा बसेका हुन् । महाशाखाका प्रवक्ता वामदेव गौतमले सहकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिनुभयो ।

                    अहिले उनीहरुको सबैको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र नामावली टिप्ने काम सकिएपछि कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ ।उनीहरुको रिपोर्ट नआएसम्म बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ । शुक्रबार सङ्क्रमण पुष्टि भएका दुई जनालाई भने बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोभिड अस्पतालमा भर्ना गरिएको छ । 

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६