काठमाडौं २ चैत । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भिर दुर्घटनामा परेकी छन् । घरमा लडेर उनको निधारमा ‘ठूलो चोट’ लागेको छ । मुख्यमन्त्री बनर्जीको निधारमा टाँका लगाइएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।आवश्यक परीक्षणपछि मुख्यमन्त्रीलाई उनको निवासमा लगिएको छ । अखिल भारतीय तृणमूल कांग्रेसले अस्पतालमा उपचाररत बनर्जीको निधारको बीचमा गहिरो काटिएको र…