दाङ, २० माघ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै गएको छ । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म युरोलोजी सेवा लिनेको संख्या झण्डै एक हजार ७ सय पुगेको छ । ओपीडीबाट एक हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका कायममुकाय निर्देशक डा. रमेश कंडेलले जानकारी दिनुभयो…