रूपन्देही १७ असार ।रूपन्देहीको ओमसतिया गाउँपालिकालाई गाउँसभा नगर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले मंगलबार परमादेश जारी गरेको छ । विधि र प्रक्रियाविपरीत गाउँसभा आयोजना गरिएपछि त्यसलाई रोक्न माग गर्दै गाउँपालिकाका ६ मध्ये ५ वडाध्यक्ष अदालत पुगेका थिए । गाउँपालिका अध्यक्ष हीरा केवटले गाउँ कार्यपालिका बैठकमा छलफलसमेत नगरी नीति कार्यक्रमबिना छोटो समयमा गाउँसभा आयोजना गरेर आर्थिक वर्ष ०७८÷७९…