काठमाडौँ १६ मंसिर । खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका एक हजार १८९ नमूना सङ्कलन गरिएकामा ७० नमूना मापदण्डानुसार नभएको पाइएको…