रुपन्देही, ६ भदौं । रूपन्देहीको बुटवलमा एक महिलाको दाहसंस्कारमा सहभागी भएका मलामीमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।क्यान्सरका कारण मृत्यु भएकी बुटवल उपमहानगरपालिका–११, कालिकानगरकी ४९ वर्षीया महिलाको परिवारलगायत उनको मलामी गएकासहित हालसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।महिलाको मलामी गएका अझै धेरै जनाको रिपोर्ट आउन बाँकी रहेकाले अहिले सबैमा ‘तनाव’ बढेको छ…