धनगढी २ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाटै २ जनाको दाबी परेपछि राजनीतिक अन्योल झन् बढेको छ। केन्द्रमा सत्ता गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीले विपक्षी नेपाली कांग्रेससँग मिलेर रेशम चौधरी पक्षधर नाउपा सांसदको समर्थन गरेपछि समस्या झन् बहुआयामिक बन्न पुगेको छ।नाउपा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले नेकपा एमाले, नेकपा…