कपिलवस्तु १८ चैत्र । जिल्ला र स्थानिय आपतकालिन कार्य संचालन केन्द्रलाई चलायमान बनाउन विभिन्न विषयमा छलफल गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा कपिलबस्तु नगरपालिकामा बैठक बसि विभिन्न छलफल तथा निर्णयहरु गरिएको हो । कपिलबस्तु नगरपालिकाले सञ्चालनमा ल्याउन खोजेको आपतकालिन कार्य सञ्चालन केन्द्र र जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र विच सिधा सञ्चार सम्पर्क…