कपिलवस्तु १९ साउन । कपिलवस्तुको महाराजगंज नगरपालिका १ प्राथमिक स्वास्थ्य केन्द्र जाने सडकमा निर्माण भएको नाली भत्किएको छ ।सहरी विकास तथा भवन कार्यालय भैरहवाले करिब डेढ करोडको लागतमा सडकमा टायल लगाउने र नाली निर्माणका लागि लुम्बिनी बिल्डर्स प्रा.लि.ले ठेक्का लिएको थियो । यही वैशाखबाट नाली निर्माणका काम सुरु भएको थियो । असारमा उक्त सडकमा माटो…