जीवनशैली

हराइन वली:विपक्षी गठबन्धनले सांसद जोगाउन नसक्ने संकेत



दाङ १६ साउन। लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सांसद जोगाउन नसक्ने अवस्थामा पुगेकोछ। सांसद पुुर्मति ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजनिक भएको केहि दिनपछि  माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली शुक्रबार रातिबाट सम्पर्क बिहिन भएको अर्को खबर सार्वजानिक भएको छ ।उनलाई सासद दाना शर्माले  आफ्नो निगरानीमाा राखेकीी थिइन। लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्कबिहिन हुने घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार अपरान्हसम्म बुटवलको नयाँ गाँउस्थित आफ्नै डेरामा रहेकी सांसद वली ८ बजेतिरबाट सम्पर्क बिहिन भएकी प्रदेशसभामा माओवादी केन्द्रका सांसद आईपी खरेलले बताएका छन् । रातिको समयमा गाडी आएर कोठाबाट लिएर गएको स्थानीयबासीलाई हवाला दिँदै सांसद खरेलले बताए । उनले मुख्यमन्त्री शंकर पोखरेलले एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेको आरोप लगाउँदै कुनै पनि षडयन्त्र सफल नहुने बताए।  मुख्यमन्त्रीजीहरुले जबर्जस्ती आफ्नो पक्षमा तान्न खोज्दै हुनुहुन्छ, तर बिमला कुनैपनि हालतमा उता जानुहुन्न ।’ खरेलले भने ।

सम्पर्क बिहिनको खबर सार्वजानिक भएसँगै सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भएपनि मोबाइल उठेन ।   नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ सार्वजनिक भएकी थिईन् ।तर पछिल्ला दिनहरूमा उनले एमालेमा आउने इच्छा देखाएको वताएको छ। 

प्रकाशित : १६ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६