दाङ, २८ फागुन । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायिकरूपमा च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उहाँ आकर्षित हुनुभएको हो । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको उहाँले बताउनुभयो । “लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र…