कपिलवस्तु, बैदौली १९ बैशाख कपिलवस्तुको यशोधरा गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न क्षेत्रगत बजेट कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको देखिए पनि खर्चको सन्तुलनमा केही असमानता देखिएको छ।गाउँपालिकाको तथ्यांक अनुसार सबैभन्दा बढी बजेट सामाजिक विकास क्षेत्रमा विनियोजन गरिएको छ भने सोही क्षेत्रमा खर्च पनि उच्च रहेको छ। सामाजिक विकास तर्फ २७ करोड १० लाख ९१ हजार…