काठमाडौँ, ३ भदौ प्रतिनिधिसभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राख्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतीले स्वीकृत गरेको हो । प्रस्ताव पेश गर्दै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरुका सुझावहरु महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त सुझावहरु विधेयकमा समेटिने…