नयाँदिल्ली, १८ वैशाख (रासस/एएफपी) भारतका विभिन्न क्षेत्रमा मे महिनाभरि उष्णलहर तीव्र हुने चेतावनी दिइएको छ, जसले विशेषगरी पश्चिमी र तटीय क्षेत्रहरूमा जनजीवन प्रभावित पार्ने सङ्केत देखिएको छ । मौसमविद्हरूका अनुसार यस वर्षको गर्मी सामान्यभन्दा बढी कठोर हुने सम्भावना रहेको छ । भारतीय मौसम विभागले सार्वजनिक गरेको पूर्वानुमानअनुसार गुजरात र महाराष्ट्र जस्ता पश्चिमी राज्यहरू तथा पूर्वी…