ब्रेकिंग न्युज

मुख्यमन्त्री नियुक्त भएका थापाले सपथ लिदै



 काठमाडौं ४ भदौ, मुख्यमन्त्री नियुक्त भएका थापाले अबको केही वेरमा शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार अबको केहीबेरमा मुख्यमन्त्री थापाले शपथ लिनेछन्।बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बुधबार एमाले, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदको समर्थनसहित थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयमा तीन दलको समर्थन रहेको निवेदन परेपछि थापालाई मुख्यमन्त्री नियुक्त गरिएको हो। एमाले र नेकपाबीचको नयाँ सत्ता समीकरणअनुसार बागमती सरकारको नेतृत्व एमालेको भागमा परेको थियो।

यसअघि एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका थिए। बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दाबी पेस गर्न आह्वान गरेका थिए।थापाको नियुक्तिसँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढेको छ।

प्रकाशित : ४ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६