सिरहा, १७ वैशाखःलहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो ।“आँखा नदेख्दा आफ्नै आँगनमा हिँड्डुल गर्न पनि मुस्किल…