दमौली, ११ चैत । म्याग्दे गाउँपालिकाले विद्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । जामुने स्वास्थ्यचौकीमा ५ श्ययाको आइसोलेसन कक्ष बनाएको गाउँपालिकाले सबै विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । कोरोनाका शङ्कास्पद व्यक्तिको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै बेहोर्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । क्षेत्रीय होटल सङ्घ तनहुँले जिल्लास्थित होटलका कोठालाइ…