देश

लघुवित्त पीडितसँग पूर्वराष्ट्रपति भण्डारी



ललितपुर, २ भदौः

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मानवअधिकार आयोग अगाडि धर्नामा रहेका लघुवित्त पीडितलाई भेटेर उनीहरूका समस्या सुन्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारी आज ललितपुरको पुल्चोक पुगेर गत शुक्रबारदेखि राष्ट्रिय मानवअधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ कार्यालय अगाडि धर्नामा बसेका लघुवित्त पीडितको गुनासो सुन्नु भएको हो । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका सर्लाही जिल्ला अध्यक्ष हरिप्रसाद मैनाली, महिला संयोजक विष्णु बोहोरा लगायतको नेतृत्वमा अभियानका बागमती प्रदेश अध्यक्ष तेजेन्द्र रायमाझीलगायत अभियानमा आबद्ध अभियान्ता एवं लघुवित्त पीडित यही साउन २८ गते शुक्रबारदेखि धर्नामा रहेका छन् । —

प्रकाशित : २ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६