ब्रेकिंग न्युज

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार



चितवन, ३ भदौः

डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो । समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त ती जनावारको उद्धार गरी व्यवस्थापन गरिएको हो । यससँगै गत आर्थिक वर्षमा ४२ मृत वन्यजन्तुको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ३० चित्तल, नौवटा रतुवा, दुईवटा बदेल, एउटा स्याल मृत भेटिएर तीनको व्यवस्थापन गरिएको हो । यससँगै कार्यालयले गत आर्थिक वर्षमा २६७ साइकलको लिलामी गरेको छ । अवैध रूपमा काठ तस्करीमा प्रयोग गरिएका ती साइकलको लिलामीबाट रु दुई लाख ५२ हजार राजस्व सङ्कलन गरिएको थियो । यस आर्थिक वर्षमा ८१ थान मोटरसाइकल लिलामी गर्ने तयारी गरेको छ । कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका र बेवारिसे अवस्थामा भेटिएका गरी ती मोटरसाइकल लिलामी गर्न लागिएको हो । कार्यालय प्रमुख आचार्यका अनुसार विगत लामो समयदेखि कार्यालय परिसरमा रहेका ती मोटरसाइकल लिलामी गर्न लागिएको हो । मोटरसाइकलसँगै २५ बस, ट्रक, भ्यान, अटो, ट्याक्टर र ५९ साइकलको लिलामी प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : ३ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६