कपिलवस्तु ११ फागुन ।कपिलवस्तुवाट संविधान सभा सदस्य रहनु भएका विश्राम प्रसाद चौधरीले आफ्नो फेसबुक एकाउण्ट हयाकिङ भएको वताउनु भएको छ । म्यासेन्जर मार्फत विभिन ब्यक्तिलाई इसेवामा रकम पठाउन भनिएको गुनासो स्वयम चौधरी समक्ष आएपछि उहाले हयाकिङ भएको पत्ता भएको वताउनु भयो । विश्राम थारु नामको फेसबुक एकाउण्टसंग सम्वन्धित म्यासेन्जरवाट कतिपयसंग रातीको समयमा नम्वर मागेको र कतिपयलाई इसेवामा रकम पठाईदिन भनेको…