काठमाडौं ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने भएको छ । राप्रपाले बिहीबार पार्टीको विधानमा गरिएको संशोधनलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पारित गर्दै अध्यक्षसहितका सात पदाधिकारी निर्वाचन प्रक्रियामार्फत चुन्नेगरी विधानमा व्यवस्था गरेको हो । कार्यसम्पादन समितिबाट पारित विधानअनुसार राप्रपाको केन्द्रीय समिति…