कञ्चनपुर २८ माघ । भीमदत्त नगरपालिका–९, मटेना, कञ्चनपुरका नरेन्द्र नाथले १९ माघमा प्रहरी जवानबाट राजीनामा दिए।राजीनामा दिएपछि माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीमाथि संगीन आरोप लगाए। जसले गर्दा जिप्रका कञ्चनपुरको मुद्दा फाँटमा कार्यरत शाही विवादमा तानिइन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा गएका बेला शाहीले बिनाकारण थुनेर यातना दिएको नाथको आरोप थियो।…