काठमाण्डौ, २१ भदौ । नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ । २०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले ट्र्याक्टरको प्रयोग गरेको देखिएको छ । २०६८ सालमा ३७ हजार कृषि ट्र्याक्टर रहेकोमा २०७८ सालमा…