लमही, १४ बैशाख । लकडाउनका कारण दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या भएको छ । बन्दाबन्दीले मौरी राखिएको स्थानसम्म पुग्न नसक्दा कृषकले मह काढ्न सकेका छैनन् । दाङ जिल्ला मौरीपालनका लागि उर्वर भूमि मानिन्छ । मह उत्पादन हुने समयमै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएकाले मह काढ्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको कृषकको गुनासो छ…