कपिलवस्तु, २८ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित भएका विपन्न असहायलाई राहत वितरण गरिएको छ । तरुण दल कपिलवस्तु र नेविसंघ छेत्र नं .१ कपिलवस्तुको संयुक्त आयोजनामा आइतबार राहत वितरण गरिएको हो । अति विपन्न परिवार केन्द्रित रहेर तरुण दल कपिलवस्तु र नेविसंघ कपिलवस्तुले संयुक्त रुपमा दोस्रो चरणको राहत वितरण गरेका हुन्…