गुल्मी, १२ फागुन।गुल्मीमा पशु स्वास्थ्य शिबिरबाट एक हजार ५११ गाईबस्तुहरुको निशुल्क रुपमा औषधी उपचार भएको छ । भेटेनरी अस्पताल तथा पशुसेबा बिज्ञकेन्द्र पाल्पा र सम्पर्क केन्द्र गुल्मीको आयोजना र इश्मा गाउँपालिकाको सहआयोजनामा एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिबीरमा एक हजार ५११ गाईबस्तुहरुको उपचार एवम निशुल्क रुपमा औषधी बितरण गरिएको सम्पर्क केन्द्र गुल्मीका छैटाँै…